बकैयामा टिपर दुर्घटना हुँदा २ जना घाइते

मकवानपुर । जिल्लाको मकवानपुरको बकैया-५ मा टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

आइतबार धरान-चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट फापरबारीतर्फ जादै गरेको प्रदेश २-०३-००१ ख ०८१४ नम्बरको चिप्स ढुङगा लोड टिपर अचानक ब्रेक फेल हुँदा सडकबाट अन्दाजी १२ मिटर तल खस्दा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर अनुसार घाइते हुनेहरुमा टिपर चालक सर्लाही ईश्वरपुर-१२ बस्ने २४ वर्षीय सागर खड्का र सह-चालक बारा निजगढ-५ बस्ने ४४ वर्षीय धर्मप्रसाद चौलागाई रहेका छन् ।

घाइते दुबै जनालाई हेटौंडाको चुरेहिल अस्पतालबाट थप उपचारको लागि भरतपुर रिफर गरिएको कार्यालयका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*