मनहरी मोटरसाइकल दुर्घटना – दुई जना घाइते

हेटौंडा – मकवानपुरको मनहरी–६ स्थित पुर्व–पश्चिम सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज शुक्रबार बिहान १० बजेको समयमा पुर्व–पश्चिम सडक खण्डमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २५ प ८४६३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२४ च ९९६५ नम्बरको कारलाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटसाइकल चालक ललितपुर जिल्लाको ईमाडोल बस्ने २८ वर्षीय बुद्ध नेगी र मोटरसाइकलमा सवार सोही ठाउँका २६ वर्षीय ईन्द्र बहादुर नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । घाइते दुबै जनालाई उपचारको लागि भरतपुर चितवन पठाएको र दुबै जनाको अवस्था मध्यम रहेको जनाएको छ । कार चालक प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*