मकवानपुरमै पहिलो इलेक्ट्रिक गाडी चार्जिङ स्टेशन

हेटौंडा । मकवानपुरमै पहिलो पटक इलेक्ट्रिक गाडी चार्ज गर्ने चार्जिङ स्टेशन सुरुवातमा आउने भएको छ ।

हेटौंडा ११ थानाभर्याङमा रहेको इभि कार्स एण्डस् मोटर्स हव प्रा।लि। ले चार्जीङ स्टेशन सुरुवातमा ल्याउन लागेको हो । मकवानपुर सहित आसपासका जिल्लाहरुमा समेत विद्युतिय सवारीको माग बढेको र यात्रीहरुको सहजताको लागि चार्जिङ सेन्टर सञ्चालनमा ल्याउन लागिएको सञ्चालक युवराज आचार्यले बताए ।

‘प्रति युनिट १५ रुपैंयाको दरले शुल्क लाग्ने छ । एउटा इलेक्ट्रिक गाडीको व्याट्रिको चार्ज फुल हुन लगभग ३० देखि ४५ मिनेट लाग्छ । चितवन, विरगंज लगाएत ठाउँहरुको सेन्टरमा हेटौंडा पर्ने भएकोले विद्युतीय सवारीको चार्ज बाटोमै सकिने समस्यालाई मध्यनजर गरेर चार्जीङ सेन्टर स्थापना गर्न लागेका हौं,’ उनले भने ।

गत बर्षदेखि विद्युतीय गाडी तथा स्कुटरको बिक्रि गर्दै आइरहेको उक्त सोरुमले यहि मंसिर पहिलो हप्तादेखि चार्जिङ स्टेशनको समेत सुविधा दिन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*