हेटौंडा – ११ मा मोटरसाइकल अनियन्त्रित हुँदा चालक घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुर स्थित पुर्व–पश्चिम सडक खण्डमा मोटर साईकल ट्रकसँग ठोकिएर एक जना घाइते भएका छन् ।

बुधबार साँझ ६ बजेर ३० मिनेटको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ५४८ नम्बरको ट्रक(कवाडी लोड) बिग्रीएर रोकी राखेको अवस्थामा सोहि दिशातर्फबाट आउँदै गरेको ना ५२ प ४०८९ नम्बरको मोटर साईकल आफै अनियन्त्रित भई ठोकिएर मोटरसाइकल चालक घाइते भएका हुन् ।

दुर्घटनामा हेटौंडा–१० टिसिएन रोड बस्ने २८ वर्षका सुदेश के।आर श्रेष्ठ गम्भिर घाईते भई चुरेहिल अस्पताल हेटौंडामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । दुबै सवारी साधन घटना स्थलमा नै रहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*