३५ औं एड्स दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी

हेटौंडा । ३५ औं एड्स दिवसको अवसरमा आज बिहीबार हेटौंडामा प्रभातफेरी तथा कोणसभा गरिएको छ । स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख अतिथ्यता रहेको थियो ।

“एड्स अन्त्यका लागि समानताको सुनिश्चितता” भन्ने नारासहित हेटौंडामा एड्स दिवस मनाईएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्री लामाले एड्सलाई शुन्य बनाउनुपर्ने धारणा राख्नुभएको छ । उहाँले एड्सको समस्या समाजमा अझै रहेकोले शुन्य बनाउन सबै निकायको भूमिका जरुरी रहेको बताउनुभयो । उहाँले एड्सलाई शून्य बनाउन मन्त्रालयको तर्फबाट पूर्ण रुपमा सहयोग गरिने प्रतिबद्वता जनाउनुभयो ।

स्वास्थ्य निर्देशनालयको परिसरबाट सुरु भएको प्रभातफेरी राप्तिरोड, बुद्धचोक, लोकप्रिय चोक, मानसचोक, संगमचोक, कान्तिराज, स्कुलरोड, सिमाचोक, टिसिएन रोड हुँदै बसपार्क पुगेर कोण सभामा परिणत भएको थियो । स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर महेश्वर श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य राज्य मन्त्री कल्पना नेपाली, नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्य सम्बन्धित क्षेत्रमा आबद्ध कर्मचारी, नर्सिङ्ग अध्ययनरत विद्यार्थीहरु लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*