धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुदा ५ जनाको मृत्यु

जनकपुरधाम। धनुषामा जन्ती बोकेको बा १ ज ८३९६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

एसपी रजौरेका अनुसार मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका-२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी-बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका-४ का २५ वर्षीय अब्दुल मन्सुर छन् ।

जन्ती बोकेको जीपलाई ठक्‍कर दिने ज १ च १४९६ नम्बरको माछा बोकेको पिकअप भ्यान र चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दिपक रायले जानकारी दिए ।

घाइतेहरुको प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेको छ भने उक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*