हरियो धनियाँको फाइदै – फाइदा । 

काठमाडौं-  हरियो धनियाँ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ। स्वाद बढाउनुका साथै धेरै पोषक तत्वहरूले भरिपूर्ण हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन मद्दत गर्दछ।

सामान्यतः धनियाँमा प्रोटिन तथा भिटामिन ‘ए’, ‘सी’, र ‘के’, पाइन्छ। यति मात्र नभई यसमा क्याल्सियम, पोटेसियम, फस्फोरस, नियासिन, थियामिन, कैरोटिनसमेत पाइन्छ। धनियाँको पातमा फाइबर आइरन, म्याग्नेसियम पनि पाइन्छ।

यसमा धेरै प्रकारको रोग हटाउने क्षमता हुन्छ । हरियो धनियाँले थकान हटाउँछ, स्फूर्ति ल्याउन समेत सहयोगी हुन्छ। धनियाँमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइने भएकाले यो आँखाका लागि समेत अति उपयोगी मानिन्छ। यसैले यसको चटनी बनाएर वा तरकारीमा हालेर खानाले धेरै फाइदा हुन्छ।

हरियो धनियाँ खानुका फाइदाहरू:

१. मधुमेह रोगीका लागि लाभदायी
हरियो धनियाँको सेवन मधुमेह रोगीका लागि निकै फाइदाजनक मानिन्छ। हरियो धनियाँले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। साथै यसको दैनिक सेवनले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ।

२. रक्तअल्पता हटाउन लाभदायी
रक्तअल्पता हटाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। हरियो धनियाँमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले रक्तअल्पताको समस्यालाई हटाउन मद्दत गर्छ। शरीरमा रगतको कमी पूरा गर्न हरियो धनियाँको सेवन गर्नुपर्छ।

३. आँखाको ज्योति बढाउन लाभदायी
आँखाको ज्योति बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। हरियो धनियाँमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जसले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ। यसले आँखाको ज्योति पनि बढाउँछ।

४. रोग प्रतिरोधी क्षमता बढाउँछ
रोग प्रतिरोधी क्षमता बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। हरियो धनियाँमा भिटामिन सी हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर बढ्न पनि मद्दत गर्छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*