हेटौंडा – ५ मा ट्वाइलेटमा लडी घाइते भएका कटुवालको मृत्यु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्लेमा ट्वाइलेटमा लडेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पिप्लेमा डेरा गरी बस्ने ओखलढुङ्गा जिल्लाका ४६ वर्षीय ज्ञान बहादुर कटुवाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा कटुवाललाई ट्वाइलेटमा लडेर बेहोस अवस्थामा भेटिएको थियो । कटुवाललाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा डाक्टरले आइतबार साँझ ७ बजे मृत्यु भएको घोषणा गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*