हेटौंडा -१२ बरालटोलमा सडक स्लाब ढलानको शिलान्यास

हेटौंडा । हेटौंडा १२ बरालटोलमा सडक स्लाब ढलानको शिलान्यास गरीएको छ । नवनिर्वाचित बागमती प्रदेश सभाका सदस्य एकालाल श्रेष्ठले स्लाब ढलानको शिलान्यास गर्नुभयो ।

शिलान्यास गर्दै श्रेष्ठले निति निर्माणका काम सङ्गै भौतिक विकासले पनि तीव्रता पाउने बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी सङ्गै यस्ता भौतिक बिकासले जनजीवनलाई सहज बनाउन सकिने उहाँको भनाई थियो ।

बागमती प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालयको २५ लाख र जनश्रमदान गरी कुल २६ लाख ५० हजारमा सडक निर्माण हुने समितिका अध्यक्ष इस्वर बरालले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नगर सचीव बोलबहादुर कार्की, नगर सदस्य अर्जुन अर्याल, फुलबारी टोलबिकास समितिका अध्यक्ष कृष्ण थिङलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*