विवाहको भोज खाएका ४५ जन्ती बिरामी

काठमाडौं । विवाहको भोज खाएका प्यूठान नगरपालिका-६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन्। मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोजमा सहभागी एउटै गाउँका ४५ स्थानीय बिरामी भएको वडाध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए।

‘जन्ती गएका ४८ मध्ये तीनजना बाहेक लगभग सबै बिरामी छन्’, उनले भने। उनीहरुमा ज्वरो, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि सबैलाई सोमबार साँझ उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ। बिरामी परेकाहरु सबैको अवस्था सामान्य छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*