बकैयामा ४५ जनाले गरे रक्तदान

हेटौंडा । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बुधबार मकवानपुरको बकैया गाउँपालिकामा रक्तदान कार्यक्रम भएको छ । बकैया गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।

गाउँपालिकाका कर्मचारी र सर्वसाधारण नागरिकले रक्तदान गरेका हुन् । मंसिर २४ गते शनिबरा पनि हेटौंडामा लायन्स क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा विभिन्न संघ, संस्थाले रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*