आँखा शिविरमा ६९ जनामा मोतिबिन्दु

हेटौंडा । रोटरी क्लब अफ हेटौंडाले हेटौंडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा आयोजना गरेको आँखा शिविरमा ६९ जनामा मोतिबिन्दु भएको पाइएको छ । बुधबार मकवानपुरको मनहरी गाउँपालिकाको भुन्द्रङटाँडीमा १ सय ५५ जनाको आँखा परीक्षण गर्दा २० जनामा मोतिविन्दु भएको पाइएको छ भने बारा जिल्लामा भएको २ सय ५४ जनाको आँखा परीक्षण गर्दा ४९ जनामा मोतिविन्दु भएको पाइएको छ ।

यसअघि मंगलबार मकवानपुरको बागमती गाउँपालिका र रौतहट जिल्लाको पहोरा नगरपालिकामा आयोजना गरिएको शिविरमा ७ सय ७१ जनाको आँखा परीक्षण गरिएको थियो । मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनी स्वास्थ्य चौकी र रौतहट जिल्लाको पहोरा नगरपालिका–८, नरकटियास्थित ओम माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको हो ।

यसअघि २ ठाउँमा आयोजना गरिएको शिविरमा ७ सय ७१ जनाको आँखा परीक्षण गरिएको छ । जसमा १ सय १२ जना मोतीबिन्दुका बिरामी रहेका आँखा शिविर कार्यक्रमका संयोजक प्रमेश प्रधानले जानकारी दिनुभएको छ । निःशुल्क आँखा शिविर मंसिर २४ गतेसम्म आयोजना गर्न लागेको प्रधानले जानकारी दिनुभएको छ । परीक्षण शिविरमा मोतिविन्दु पहिचान भएका बिरामीलाई निःशूल्क शल्यक्रियाको व्यवस्थासमेत मिलाइएको संयोजक प्रधानले बताउनुभएको छ ।

रोटरी क्लब अफ हेटौंडा, रोट्र्याक्ट क्लब अफ हेटौंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा आँखा शिविर भएको हो । शिविरमा छनोट गरिएका बिरामीहरुलाई मोतिबिन्दुको शल्यक्रियाका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याइने र बिरामीहरुको अन्तिम परीक्षणपश्चात्मात्र शल्यक्रिया गरिनेछ । बिरामीका लागि आउने, जाने, खाने, बस्ने र मोतिबिन्दुको शल्यक्रिया एवम् औषधि सम्पूर्ण निःशुल्क हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*