पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा
फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहास्थित अल थुमा रङ्गशालामा गएराति भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो ।
मोरक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अत्तिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो ।
अत्तिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेँलो कार्डपछिको रातो कार्ड पाएर मैदान बाहिरिएका थिए ।