हेटौंडा – १५ चुरियामाईमा मोटरसाइकल अनियन्त्रित हुँदा चालक घाइते

हेटौंडा । सोमबार बिहान साढे ८ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाईमा सवारी दुर्घटना हुँदा एक जना घाईते भएका छन् । पूर्व पश्चिम सडक खण्डमा बाराबाट काठमाडौंतर्फ जाँदै गरेको बा.८० प ८९४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकल दुर्घटनामा चालक बारा कलैया नगरपालिका–६ बस्ने ३५ वर्षीय अमित कर्ण घाईते भएका थिए । घाईते कर्णलाई उपचारको लागी अर्थोपेटिक अस्पताल हेटौंडा ल्याईएको छ । उनको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*