लोप हुँदै दुर्लभ पन्छी हुचिल

उदयपुर । उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदै गएको छ ।

वासस्थानको समस्या तथा सिकार गर्ने गरेका कारण हुचिल हिजो आज यस क्षेत्रबाट लोप हुँदै गएको छ ।

बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिर पाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही वर्ष अघिसमम व्यापकरुपमा पाइने हुचिल हिजोआज यस क्षेत्रमा पाइन छोडेको चौदण्डी बबलाका रामबहादुर मगर बताउनुहुन्छ ।

“केही वर्षअघिसम्म चौदण्डीको कटुन्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिल जताजतै पाइन्थ्यो”, उहाँले भन्नुभयो ।

केही वर्षयता यसको सिकार हुन थालेको र केहीले यसको वासस्थानसमेत नष्ट गरेको पाइएको मगर बताउनुहुन्छ ।

हुचिलको सिकार गर्न गोप्यरुपमा अन्यत्र जिल्लाबाट सिकारी आउने गरेको उहाँको भनाइ छ । स्थानीयसँग मिलेर हुचिल सिकार गर्ने गरेको पाइएको मगर बताउनुहुन्छ ।

बेलका नगरपालिका–५ को मैनामैनी क्षेत्रको बोपताङ डाँडा पाखा क्षेत्र, चम्पाकोट तथा सुघाचरी भीरपाखामा समेत विगतमा धेरै सङ्ख्यामा हुचिल पाइन्थ्यो ।

स्थानीय मानबहादुर राई केही समययता फाटफुट्ट मात्र देख्न सकिने बताउनुहुन्छ । “हिजोआज गाउँघरमा रातभरि नै हुचिल कराएको सुनिदैन”, उहाँले भन्नुभयो ।

हुचिल मार्न, पक्रन र पासो थाप्न यहाँ बाहिरबाट आउने गरेका स्थानीयवासी बताउँछन् । हुचिल जिउँदै अन्यत्र लगेर बिक्री गर्ने गरेको पाइएको छ ।

जिउँदो हुचिल रु २० हजारसम्ममा बिक्री हुने गरेको छ । बेलका नगरपालिकाका पूर्व नगरप्रमुख दुर्गाकुमार थापा आफूले बेलकाको मैनामैनीको सुगाचरी भिर बोपताङ डाँडा र भिरमा पाइने दुर्लभ प्रजातिका गिद्धको संरक्षण र हुचिल संरक्षणको अभियान नै चलाएको बताउनुहुन्छ ।

“संरक्षण अभियानलाई निरन्तरता दिनुपर्छ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*