बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध

काठमाडौं । कञ्चनपुरमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा आज शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत कविराज साइकल चढेर क्याम्पस गइरहेका बेला दार्चुलातर्फ गइरहेको यात्रुबाहक बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*