बालविकास सहजकर्ताहरुलाई सिप विकाससम्बन्धि ५ दिने तालिम

हेटौंडा । इन्द्रसरोबर गाउँपालिकाको आयोजनामा प्रारम्भिक बालविकास सहजकर्ताहरुलाई पेशागत सिप विकाससम्बन्धि ५ दिने तालिम शुक्रबारबाट सकिएको छ । सामुदायिक विद्यालयहरुमा पनि मन्टेश्वरीको सरह सेवा सुविधासहित कक्षाहरु संचालन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिम समापन समारोहमा समाजिक विकास समिती संयोजक चन्द्र कुमार बलको अध्यक्षतामा भएको हो । कार्यक्रममा वडा नम्बर १ को अध्यक्ष सुबास थापा, शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*