मकवानपुरका एक युवकले श्रीमतिलाई घाईते बनाएर अस्पताल पठाएपछि आफुले गरे आत्महत्या

हेटौँडा । श्रीमतिलाई कुटपिट गरेर घाईते बनाएपछि अस्पताल पठाएर मकवानपुरका एक युवकले आत्महत्याको बाटो रोजेका छन् ।

बिहिबार राती घरयासी बिबाद हुँदा श्रीमतिलाई घाईते बनाएर आफुले भने आत्महत्या गरेको घटना बाहिरिएको हो ।

घटना उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको हो । गाउँपालिकाकको वडा नंबर ५ स्थित खड्पुका ३० वर्षीय बुद्धिराम बलामीले २४ वर्षीय श्रीमती आस्था बलामीलाई कुटपिट गरि ललितपुरको पाटन अस्पताल पठाई आफु भने घरमै विष सेवन गरि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

श्रीमतिलाई अस्पताल पठाएपछि रातको ११ बजेको समयतिर श्रीमान बुद्धिरामले विष सेवन गरि आत्महत्या गरेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*