चितवन राष्ट्रिय निकुञ्जमा ५४ वन्यजन्तु मरे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र ५ महिनामा ५४ वटा वन्यजन्तु मरेका छन् ।

गत साउन यता ५४ वटा वन्यजन्तु मरेका हुन् । २७ वटा वन्यजन्तु प्राकृतिक कारण र २१ वटा बन्यजन्तु कुकुरको आक्रमणबाट मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । जुधेर, सडक दुर्घटनामा परेर, करेन्ट लागेर, दलदलमा परेर र अन्य कारणले २ वटा वन्यजन्तु मरेका हुन् ।

मर्नेमा सबै भन्दा धेरै चित्तल रहेका छन् । ५ महिनाको अवधिमा ३२ वटा चित्तल मरेको निकुञ्जले जनाएको हो । तिमध्ये प्राकृतिक कारणले १० वटा, कुकुरको आक्रमणमा परी २० वटा, दलदलमा परेर र सडक दुर्घटनामा परी ५ वटा गैँडा मरेका छन् ।
३ वटा प्राकृतिक कारणले मरेका छन् । जुधेर र करेन्ट लागेर १(१ वटा गैँडा मरेका हुन् । घडीयाल गोही र गौरीगाई ३(३ वटा प्राकृतिक कारणले मरेका छन् ।

हात्ती, जरायो, बँदेल, कछुवा २(२ वटा ५ महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस १(१ वटा मरेका छन् । यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मर्न पाएका छैनन् । निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर नमरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*