जेसीआई हेटौंडा वर्ष २०२३ का लागि उपाध्यक्षमा ४ जना सर्वसम्मत

हेटौंडा । जेसीआई हेटौंडा वर्ष २०२३ का लागि उपाध्यक्षमा ४ जना सर्वसम्मत चयन भएका छन् । शुक्रबार सुरु भएको निर्वाचन कार्यक्रमअन्तर्गत उपाध्यक्षमा ४ जनाले मात्रै उम्मेदवारी दर्ता गराएसँगै सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्षमा सन्तोष पराजुली, मिलन ढकाल, सन्जय न्यौपाने र राजु प्रसाद श्रीवास्तव सर्वसम्मत चयन भएको निर्वाचन आयुक्त राजदेव बनियाले जानकारी दिनुभयो।

जेसीआई हेटौंडाको वर्ष २०२३ का लागि अध्यक्षमा भने २ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा श्रवण कुमार बर्तौला र पवन दास बनियाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै २ जना कार्यकारिणी उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। कार्यकारिणी उपाध्यक्षमा विकेशलाल श्रेष्ठ, विवेक आनन्द न्यौपाने, संगीत श्रेष्ठ र अमृत बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*