दियालोको साधारणसभा सम्पन्न

हेटौंडा – हेटौंडा–३ स्थित दियालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार संस्थाका अध्यक्ष दिपक बर्तौलाको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मिना कुमारी चौरेलको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारणसभाको अवसरमा उत्कृष्ट ऋणीतर्फ शमशेर मोक्तान,उत्कृष्ट बचतकर्तातर्फ भिमराज रुवाली,यस्तर थापा मगर,उत्कृष्ट शेयर सदस्य तर्फ अनिश रुवाली , जेष्ठ नागरिकतर्फ रेशम बहादुर भण्डारी, एकल महिला तर्फ इन्द्र कुमारी राई र उत्कृष्ट दुग्ध किसान तर्फ बिन्दा रिजाललाई सम्मान गरेको छ ।

७ सय ९२ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ६१ लाख ४ हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै सस्थाले २ करोड ९३ लाख ३५ हजार ९ सय ६९ ऋण लगानी गरेको छ ।

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष बर्तौला,आर्थिक प्रतिवेदन कोषाध्यक्ष पशुपति नहर्की र लेखा समिति सदस्य सरिता शाहिले लेखा समितिको प्रतिवेदनलाई प्रस्तुत गरेका थिए ।कार्यक्रममा स्थानीय स्तरमा रहेका विभिन्न सहकारी संस्थाका प्रतिनिधी ,स्थानिय विधालय,सामाजिक सस्थाका प्रतिनिधी, शेयरसदस्य,सल्लाहकारहरु लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*