हेटौंडामा यात्रुबहाक बस अनियन्त्रित हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको हेटौंडामा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आइतबार बिहान साँडे १ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत धरानबाट काठमाडौं जाँदै गरेको बा।प्र ३-००१ ख १९८ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित हुँदा हेटौंडाको एचआइडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई हेटौंडा अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*