मेसीले तत्काल सन्यास नलिने

काठमाडौं । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् ।

उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा आफूले अझै खेल्ने बताए । ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु । म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ,’ मेसीले भने ।

उनले आफूले चाहेको सबै कुरा पाएको र योभन्दा बढी भगवानसँग माग्न नसक्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*