हेटौंडामा विद्युतीय सवारी साधनको टेस्ट ड्राइभ

हेटौंडा । भारतीय कम्पनि टाटा मोटर्सले आफ्नो विद्युतीय सवारी साधनको टेस्ट ड्राइभ कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले शनिबार हेटौंडामा आयोजना गरेको टेस्ट ड्राइभमा उल्लेख्य संख्यामा सहभागिता रहेको बताइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विद्युतीय गाडीमा उपभोक्ताको आकर्षण बढेका बेला टाटाको टेस्ट ड्राइभ कार्यक्रम भएको हो । उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रम गरिएको सिप्रदी ट्रेडिङले जनाएको छ । टेस्ट ड्राइभ कार्यक्रममा विद्युतीय गाडी खरिद गर्न चाहनेका लागि ऋण प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । हेटौंडामा टाटाको टिगोर र नेक्सन मोडलका विद्युतीय गाडीको टेस्ट ड्राइभ कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*