मनहरीमा सवारी दुर्घटना हुदा एक जना घाइते

हेटौंडा । मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा आइतबार राति ८ बजेको समयमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । लोथरबाट मनहरीतर्फ गईरहेको ना ६ ख ६८२९ नम्बरको टिपरले बिपरित दिशाबाट आईरहेको ना ३० प ८६१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक सोही स्थानका २५ वर्षीय विकाश थापामगर घाईते भएका छन् । उनलाई उपचारको लागी भरतपुर चितवनतर्फ पठाएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको छ भने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*