हेटौंडा बसपार्कमा बाटो अबरुद्ध गर्ने नेकपाका ७ जना पक्राउ

हेटौंडा । आज दिउँसो १२ बजेको समयमा हेटौंडा १० बसपार्क स्थित पूर्व पश्चिम सडक खण्डको नगरपालिका ढाँट अगाडी नेकपा(बिप्लप समूह) ले बाटो अवरोध गरेको भन्दै प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । नेकपाले पुर्व घोषित कार्यक्रम अनुसार तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याएको अध्यादेश रोक्ने षड्यन्त्रका बिरुद्ध देशव्यापी संघर्षका कार्यक्रम गरेको छ ।

देशव्यापी कार्यक्रम अनुसार नै मकवानपुर जिल्ला अखील क्रान्तिकारी उपाध्यक्ष सुर्य सिंहको नेतृत्वमा नेकपाका अन्दाजी ७ जना कार्यकर्ता जम्मा भई बाटो अबरोध गर्न खोज्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले नेकपाका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अखील क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष मनहरी गाउँपालिका–२ ठाडोखोला बस्ने २४ वर्षीय सुर्य सिंह, अखिल क्रान्तिकारी पश्चिम बागमती विद्यार्थी संयोजक हेटौंडा १ चौकिटोल बस्ने २५ वर्षीय विवेक घलान, केन्द्रिय सदस्य मनहरी–३ डोटे बस्ने ३६ वर्षीय राम घलानलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, हेटौंडा–१ चौकिटोल बस्ने २० वर्षीय सुरज घलान, मनहरी २ ठाडोखोला बस्ने २४ वर्षीय अमन लामा र २४ वर्षीय रबि रुम्बा, मनहरी–१ गोगनपानी बस्ने २३ वर्षीय भुषण लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको नेकपाको कार्यकर्तासँग जिल्ला प्रहरी कार्यालय मकवानपुरमा छलफल भईरहेको जनाईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*