जिएस निकेतन हाजिरीजवाफ प्रतियोगितामा प्रथम

हेटौंडा । तासिर इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा भएको ४ औं संस्करणको “रण बहादुर थापा” स्मृतिको अवसरमा भएको हाजिरीजवाफ प्रतियोगितामा जिएस निकेतन प्रथम भएको छ । सोमबार हेटौंडा–७ नाग्श्वतीस्थित तासिर स्कुलको सभाहलमा भएको प्रतियोगितामा ३१ वटा विद्यालयको सहभागिता रहेको थियो ।

त्यस्तै, प्रतियोगितामा द्वितीय तुल्सी मेयर मेमोरियल स्कुल भएको हो भने नवोदय शिशु सदन तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयहरुलाई क्रमशः १० हजार रुपैयाँ, ७ हजार ५ सय रुपैयाँ र पाँच हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको स्कुलका संस्थापक राजन थापाले जानकारी दिनुभयो ।

तासिर इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष मिठे बहादुर कार्कीको सभाध्यक्षता तथा हेटौंडा—७ का वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस्तै प्रतियोगितामा स्वर्गीय रण बहादुर थापाकी श्रीमती निर कुमारी थापा, हेटौंडा बचत तथा ऋण सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत लगायत स्कुलका शिक्षक, विद्यार्थीको समेत उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*