मनहरीमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरीमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-९ खरङगामा झापाबाट पोखरातर्फ जाँदै गरेको लु२ख ४६०७ नम्बरको बसले भोजपुरको भोजपुर ७ कोदार बस्ने ४५ वर्षीया सिता मिजारलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिजार काकडभिट्टाबाट स्याङजातर्फ जादै गरेको ना ५ ख ६१०३ नम्बरको बसमा सवार भई आएकोमा मनहरीमा चिया खान रोकिएको अवस्थामा बाटो क्रस गर्ने क्रममा उनलाई बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी मिजारको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

ठक्कर दिने बस र चालक रुपन्देही बुटवल ११ बस्ने ४० वर्षीय सिमबहादुर पल्लि मगर प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*