हेटौंडा ४ कर्रामा करेन्ट लागेर एक जना गम्भिर घाईते

हेटौंडा । हेटौंडा ४ कर्रामा १२ हजार भोल्टको विजुलीको पोलमा चडी नेटको तार जोड्ने क्रममा आज बुधबार बिहान ८ बजेर ४० मिनेटको समयमा करेन्ट लागेर एक जना गम्भिर घाईते भएका छन् । सिबि नेटको तार जोड्ने क्रममा काभ्रेको चौरी देउराली गाउँपालिका–२ घर भएका २८ वर्षीय सोम प्रधानलाई करेन्ट लागेर घाईते भएका हुन् ।

विजुलीको पोलमा करेन्ट लागी तल खसेर प्रधान गम्भिर घाईते भएका छन् । उनलाई उपचारको लागि हेटौंडा अस्पताल पठाईएको छ । उपचारमा निजको साथि संलग्न रहेका छन् । घटना स्थल मुचुल्काको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी खटिएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*