हेटौंडामा मानसिक स्वास्थ्यसम्बन्धी समीक्षा गोष्ठी

हेटौंडा । मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धमा समीक्षा गोष्ठी आज बुधबार हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठन ९कोशिश० सँगको सहकार्यमा समीक्षा कार्यक्रम गरेको हो ।

कोशिशले मानसिक स्वास्थ्यको क्षेत्रमा जनशक्तिको अभाव भएको उल्लेख गर्दै मानसिक स्वास्थ्यको विषयमा परम्परागत रुढिवादी सोँच प्रमुख बाधकको रुपमा रहेको औँल्याएको छ । कोशिशकी परियोजना संयोजक थम कुँवरले दक्ष जनशक्तिको अभावकै कारण आर्थिक वर्ष २०७७र७८ मा बागमती प्रदेश सरकारले औषधि खरिदका लागि विनियोजन गरेको ५० रुपैयाँ चिकित्सकको अभावकै कारण खर्च हुन नसकेको उल्लेख गर्नुभयो । अघिल्लो आर्थिक वर्षको बजेट खर्च हुन नसकेकै कारण चालु आर्थिक वर्षका लागि सरकारले १० लाख रुपैयाँ मात्रै बजेट विनियोजना गरेको कुँवरले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशले मानसिक स्वास्थ्यको क्षेत्रमा गर्दै आएको कामको विषयमा निर्देशक महेश्वर श्रेष्ठले जानकारी गराउनुभएको थियो । यस्तै विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को प्रतिनिधिको रुपमा बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयमा कार्यरत स्वास्थ्य अधिकृत हरिप्रसाद भुषालले मानसिक स्वास्थ्य समस्या र यसले निम्त्याउने आत्महत्याका घटनाबारे जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*