हेटौंडाको बुद्धपार्कमा वृक्षरोपण

हेटौंडा । हरित शहरको रुपमा परिचित हेटौंडालाई थप सुन्दर र आकर्षक शहर निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा बिहीबार हेटौंडा–११ स्थित बुद्धपार्कमा वृक्षरोपण गरिएको छ ।

नगर प्रमुख लामासहित पत्रकार महासंघ बागतमी प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, समाजसेवी सिद्धीलाल श्रेष्ठ पनि वृक्षरोपण कार्यमा सहभागी हुनुहुन्थ्यो । विभिन्न जातका २ सय १५ बिरुवा रोपिएको छ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने पार्कको सुन्दरता यात्रुले अवलोकन गर्दा नगरको सकारात्मक परिचय स्थापित हुने उपमहानगरको अपेक्षा छ । वृक्षरोपणमा स्थानीय सिमलटार टोल विकास संस्थाका पदाधिकारी, सदस्यको पनि सहभागिता रहेको थियो । जनतासँगको सहकार्यमा काम गर्न सके रोपिएको बिरुवाको संरक्षण पनि हुने नगर प्रमुख लामाले बताउनुभयो ।

नगर प्रमुखमा निर्वाचित भएपश्चात हरित शरहसँगै सफा सहरको अभियान पनि सञ्चालन गर्न जोड दिँर्दै आउनु भएकी नगरप्रमुख लामाले बजारलाई व्यवस्थित बनाउनका लागि कार्यदल बनाएर काम गरिरहेको पनि बताउनुभएको छ । शहरलाई सुन्दर र व्यवस्थित देखाउनका लागि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा नगरवासीलाई १० हजार लिटर खानेपानी निःशुल्क दिने, अव्यवस्थित रुपमा निर्माण भएका टहरा हटाउने, सडकपेटी सफा राख्ने र अव्यवस्थित रुपमा सञ्चालनमा रहेका अटो–मयुरी व्यवस्थापन सहितको काम गर्दै अघि बढिरहेको उहाँले दावी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*