मैत्रीपूर्ण खेलमा बागमती प्रदेशले हङकङलाई हरायो

हेटौंडा । बागमती प्रदेशको महिला क्रिकेट टिमले हङकङको महिला क्रिकेट टिमलाई हराएको छ । आइतबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको पहिलो मैत्रीपूर्ण खेलमा बागमतीले हङकङलाई २ विकेटले हराएको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिनुभयो ।

निर्धारित ४० ओभरको खेलमा बागमती प्रदेशले १ सय ७१ बनाएको थियो । बागमती प्रदेश र हङकङबीच सोमबार पनि ४० ओभरको खेल हुने सदस्य–सचिव भण्डारीले बताउनुभयो । बागमती प्रदेश र हङकङले मंगलबार र बिहीबार ट्वान्टी–२० खेल खेल्नेछ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । बागमती प्रदेश क्रिकेट टिमको आमन्त्रणमा हङकङको महिला क्रिकेट टिम बागमती प्रदेश आइपुगेको हो । बागमती प्रदेश टिममा नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरु रहेका छन् ।

नेपालमै पहिलोपटक महिला क्रिकेट टिमले घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्न पाएको सदस्य–सचिव भण्डारीले बताउनुभयो । देशमा महिला क्रिकेटको सम्भावना र क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्यले मैत्रीपूर्ण खेल आयोजना गरिएको सदस्य–सचिव भण्डारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*