सिविन नेपालद्वारा बालबालिकाका अभिभावकलाई तालिम र खाद्यान्न सहयोग

हेटौंडा । सिविन नेपालले बालबालिकाको शिक्षामा सहयोग गर्नुका साथै मनहरी गाउँपालिका वडा नम्बर २, ६ र ८ का ३ जना बालबालिकाका अभिभावकलाई कृषि कार्यका लागि आर्थिक सहयोग गरेको छ । कृषिका लागि आलु, भण्टा, सीमी, टमाटर, गाँजर, मूला, प्याज, लसुन आदिको बीउ र त्यसका लागि आवश्यक भिटामिन, किटनाशक औषधी, किटनाशक औषधी छर्ने पम्प, रासायनिक मल, कुटो कोदालोलगायतका सामग्रीहरु उपलब्ध गराएको बाल हेल्पलाइनले जनाएको छ ।

अभिभावको आयआर्जनमा वृद्धि भई बालबालिकाले अध्ययनलाई निरन्तरता दिनका लागि सहज होस् भन्ने उद्देश्यले आयआर्जनमा सहयोग गरिएको बाल हेल्पलाइनका प्रबन्धक झविन्द्र ज्ञवालीले बताउनुभयो । सिविन–नेपालमार्फत् मनहरी गाउँपालिका वडा नम्बर ८ की १७ वर्षीया किशोरीलाई ६ महिने ब्युटीपार्लर तालिम र मनहरी गाउँपालिका वडा नम्बर २ की १७ वर्षीया किशोरीलाई १ वर्षे कम्प्युटर तालिम प्रदान गरिरहेको जनाइएको छ ।

यसैगरी, मनहरी गाउँपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का ६ जना, वडा नम्बर ६ का १६ जना र वडा नम्बर ८ का ६ जना गरी ३४ जना विपन्न तथा विभिन्न कारणले जोखिमपूर्ण अवस्था र विद्यालय छाड्नसक्ने सम्भावना भएका बालबालिकालाई चामल, दाल, गेडागुडी, नुन, तेल, साबुनलगायतका खाद्यान्न सामग्री उपलब्ध गराइएको बाल हेल्पलाइनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*