वरिष्ठ प्रहरी नायव निरीक्षक बिदुर चन्द्र अधिकारीलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले वरिष्ठ प्रहरी नायव निरीक्षक बिदुर चन्द्र अधिकारीलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । अधिकारी वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडामा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय फापरबारीमा कार्यरत हुनुहुन्छ ।

प्रहरी नायब निरीक्षक अधिकारीले मंसिर १ गते राती १० बजेर ४० मिनेको समयमा जबरजस्तीकरण गर्न खोजेको आरोपमा बागमती गाउँपालिका वडा नम्बर ८ बस्न २४ वर्षीय उमेश लोप्चनलाई पक्राउ गर्नुभएको थियो । यस्तै मंसिर २ गते साँझ साढे ५ बजेको समयमा बालिकालाई जबरजस्तीकरण गर्ने आफ्नै काका सुमन स्याङ्तानलाई पक्राउ गर्नुभएको थियो । यस्तै, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा २०७९ को बागमती गाउँपालिका भित्र रहेका मतदान स्थलहरुमा भयरहित निश्पक्ष, स्वतन्त्र र शान्तीपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ ।

त्यसैगरी, मंसिर १९ गते राती १० बजेको समयमा सवारी ज्यान मुद्दामा वारदातपश्चात् फरार रहेका बागमती गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ३२ वर्षीय बाबुलाल सिंतानलाई पक्राउ गरी नियन्त्रणमा लिन सफल हुनु भएको थियो । साथै अधिकारीले प्राप्त गर्नुभएको जिम्मेवारी कर्तव्यनिष्ठ भई त्रुटीरहित ढंगबाट कार्यसम्पादन गर्दै बिभागीय नीति निर्देशनको अक्षरस पालना गरी नेपाल प्रहरी संगठनको छविलाई उच्च राख्न उल्लेखनीय भूमिका निर्वाह गरेको हुनाले सम्पादित कार्यको उच्च मुल्यांकन गर्दै उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कर्मचारीलाई प्रोत्साहित गर्न हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*