हेटौंडामा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सुरु

हेटौंडा । हेटौंडामा सामुदायिक कुकुरको दुई दिवसीय बन्ध्याकरण शिविर आज बुधबारबाट सुरु भएको छ । उपमहानगरपालिका पशु सेवा शाखाको समन्वय तथा केन्द्रिय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाले सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरेको हो ।

हेटौंडा–९, कर्रास्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डा। बज्रकिशोर ठाकुरको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा बन्ध्याकरण शिविर सञ्चालन भएको हो । शिविरलाई सम्बोधन गर्दै लामाले हेटौंडामा छाडा छोडीएको कुकुरको आतंकले दिन दिनै मानिस हेटौंडा अस्पतालमा भर्ना हुने गरेको चिन्ता व्यक्त गर्नुभयो । कुकुर समुदायको रक्षा गर्ने प्राणी भएकोले यसलाई समुदायको मानिसले दुःख नदिई पालन पोषण गर्नुपर्ने बताउनुभयो । त्यस्तै, उहाँले सम्रग पशु क्षेत्रको विकासको लागि प्रदेश तथा केन्द्रिय सरकारसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

बन्ध्याकरण शिविर बुधबार र बिहिबार दुई दिन सञ्चालन हुने केन्द्रका प्रमुख ठाकुरले बताउनुभयो । त्यस्तै बन्ध्याकरण शिविरमा २ सय वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । बन्ध्याकरण शिविरमा केन्द्रिय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख डा। टंक प्रसाद प्रसाई, वरिष्ठ पशु चिकित्सक डा।अर्जुन अर्याल, डा।कमल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*