लेजेन्ड फुटबलर पेलेको निधन

काठमाडौं । विश्व फुटबलकै लेजेन्ड ब्राजिलियन पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।

साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा क्यान्सर पीडित पेलेको निधन भएको हो ।

तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले पछिल्लो समय क्यान्सर रोगबाट पीडित थिए ।

पेलेको २०२१ को सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । त्यसअघि सन् २०१५ मा प्रोस्टेटको शल्यक्रिया भएको थियो ।

पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् ।

पेले चारवटा विश्वकपमा गोल गर्ने खेलाडी मध्येका एक हुन् ।

पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि विश्वकप उपाधि जितेका थिए ।

पेलेले २१ वर्षे फुटबल करियरमा कीर्तिमानी १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका थिए ।

पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*