सगरमाथा सहकारीको सेयर सदस्यमा वृद्धि

हेटौंडा । हेटौंडा – ४ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर सदस्य र सेयर पुँजीमा उल्लेख्य वृद्धि भएको छ । शुक्रबार हेटौंडामा सम्पन्न साधारण सभामा सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीका अध्यक्ष आयुष कुमार डोटेलले सेयर सदस्य ५ हजार १ सय ५३ जना पुगेको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा ३ हजार २ सय ८८ जना सेयर सदस्य रहेको सहकारीमा आर्थिक वर्ष २०७८/७९ मा सेयर सदस्य ५ हजार १ सय ५३ जना सेयर सदस्य पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सेयर पुँजी पनि ९३ लाख ६८ हजार रुपैयाँबाट वृद्धि भई २ करोड ५३ लाख रुपैयाँ पुगेको छ । सहकारीले आर्थिक वर्ष २०७८ / ७९ को अन्त्यसम्ममा बचत संकलन १९ करोड ३२ लाख, ऋण लगानी १५ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

सहकारीका अध्यक्ष आयुष कुमार डोटेलको अध्यक्षता तथा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेलको पनि आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*