सत्ता नहुँदैमा निराश नहुनुस् – रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको छ ।

तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको १० औँ साधारणसभामा बोल्दै पौडेलले सत्ता नहुँदैमा निराश हुन नपर्ने बताउनुभयो ।

अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेको भन्दै उहाँले कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ लगायतले कांग्रेसले प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*