भैसेमा पिकअप गाडी दुर्घटना हुदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी-२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक भएको पिकअप गाडी दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएर उपचारको लागि हेटौंडा अस्पताल ल्याइएका ९ मध्ये एक जनाको मृत्यु भएको हो ।

मृतकको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ९ः५० बजे त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*