सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख एक हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रूपैयाँले बढेर एक लाख एक हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख एक हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य आइतबार ५ रूपैयाँले बढेर १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*