बकैयाको दुग्ध कृषकलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण

बकैया । बकैया गाउँपालिकाका दुग्ध कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण गरिएको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डले स्थलगत रुपमा गाउँपालिकाको हात्तीसुडेँमा कार्यक्रम आयोजना गरेर थुनोलो रोग सम्बन्धि अभिमुखिकरण गरेको हो ।

दुग्ध उत्पादक कृषकहरु सहित सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा किसानहरुको प्रमुख समस्या गाइ भैँसीमा लाग्ने थुनेलो रोग भएको हुँदा थुनेलोले दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई पशुको मृत्यु समेत हुने गरेको बताइएको थियो ।

बोर्डका निर्देशक डा सजिना ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै खत्रीले किसानमैत्री पालिका बकैयामा दुग्ध उत्पादकत्व बढाउन थुनेलो सम्बन्धि कार्यक्रम राख्नाले किसान खुसी भएको बताउँदै यस्ता क्रियाकलाप बढाउन समेत आग्रह गरेका थिए ।

यसैगरी, कार्यक्रममा बोल्दै हात्तिसुडेँ दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष तोयानाथ दाहालले किसालहरुले कतिपय रोग थाहा नपाउदा पनि बाध्य भएर विभिन्न दुःख पाउनु परेको बताउँदै बोर्डले प्राविधिक सहयोग गरेमा पनि किसान लाभान्वित हुने बताए ।

प्रदेश दुग्ध विकास बोर्डका अधिकृत डा। उमेश थापाले सहजिकरण गरेको कार्यक्रममा गाउँपालिकाका कृषि अधिकृत अशोक कुमार सिंह, बोर्डका प्राविधिक मोहनकुमार यादव लगायतको सहभागिता रहेको थियो ।

बोर्डले थुनेलो नियन्त्रणका लागि टिट डिप कप, टिट डिपिङ केमिकल किसानहरुलाई हस्तान्तरण गरेको थियो । बोर्डले पालिका र स्थानीय हात्तीसुडेँ दुग्ध उत्पादक सहकारी संस्थालाई सि एमटी रिएजेन्ट र प्यान्डल वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*