मकवानपुरको सबै क्रसर उद्योग बन्द

हेटौँडा । सरकारले जारी गरेको मापदण्ड नपुगेपछि मकवानपुरको सबै क्रसर उद्योग बन्द भएका छन् ।
बुधबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई परिपत्र गर्दै मकवानपुरभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए लगत्तै बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको सरोकारपालाको बैठकले सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले दर्ता नगरी तथा नवीकरण नभएका, सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिटी, रोडा तथा बालुवा उत्खनन् र प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तत्काल बन्द गर्न गृहले निर्देशन दिएको थियो।

मकवानपुरमा करिब ७५ वटा क्रसर उद्योगहरु रहेको र सबै उद्योग सरकारी मापदण्ड बिपरितको रहेको कारण प्रहरी परिचालन गरि बन्द गर्ने काम सुरु गरिएको गरिएको कमवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । उनले अटेर गर्नेहरुलाई कारबाहीको दायरामा ल्याईने र विद्युत कटौती गर्ने समेत जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*