गुच्चा अड्कीएर मनहरीमा बालकको मृत्यु

हेटौंडा । मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा गुच्चा अड्कीएर बालकको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजेर ४५ मिनेटको समयमा भारतको जम्भुकटुवा घर भई हाल मनहरीको ज्यामिरेमा सिलौटाको काम गरि बस्ने राम कुमार दासको छोरा ५ वर्षीय राम दासले खेल्ने क्रममा गुच्चा मुखमा अड्काएका थिए ।

बालकको घाटीमा गुच्चा अड्कीएपछि सास फेर्न असहज भई उपचारको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै डाक्टरले राती ७ बजेर ४५ मिनेटको समयमा बालकलाई मृत घोषणा गरेको हो । बालकको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*