बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ३२ जनाले गरे रक्तदान

हेटौंडा । शनिबार हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन ।

मकवानपुर अधिकृत बिक्रेता व्यवसाय संघ बागमती प्रदेशको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जना पुरुषले रक्तदान गरेका रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*