हेटौंडा ११ मा सवारी दुर्घटनामा २ जना घाईते

हेटौंडा । हेटौंडा ११ बाघथलीमा शनिबार राती ९ बजेर ४० मिनेटको समयमा सवारी दुर्घटना भएको छ । पुर्व–पश्चिम सडक खण्डमा हेटौंडा बजार तर्फबाट नवलपुरतर्फ जाँदै गरेको साईकललाई सोही दिशाबाट जाँदै गरेको ना २३ प ५०९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।

साईकललाई पछाडीबाट ठक्कर दिँदा साईकल चालक हेटौंडा १२ कल्यानटार बस्ने ४४ वर्षीय रामलाल श्रेष्ठ घाईते भएका छन् । उनको दाहिने हात, पाता दुखेको र स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै, मोटरसाइकल चालक हेटौंडा ११ नवलपुर बस्ने ३९ वर्षीय नबराज कुवँर घाईते भएका छन् । उनको टाउकोमा चोट लागेर घाईते भएको छ । दुबै घाईतेको उपचारको लागि चुरेहिल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*