मनहरी बजारमा लागूऔषध गाँजासहित २ जना पक्राउ

हेटौंडा । ईलाका प्रहरी कार्यालय मनहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । आज आइतबार बिहान ९ बजेको समयमा मनहरी गाउँपालिका ७ मनहरी बजारमा पैदल हिँडिरहेका विनोद सहनीलाई सुरक्षा जाँच गर्दा लागूऔषध गाँजा भेटिएको थियो ।

बाराको जितपुर–सिमरा उपमहानगरपालिका ७ बस्ने २९ वर्षीयको बिनोद सहनीलाई शंका लागेर सुरक्षा जाँच गरिएको थियो । प्रहरीले सहनीको साथबाट कम्मरमा प्लास्टिकले बेरि लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा १ किलो ६०० ग्राम फेला पारेको थियो । उक्त लागूऔषध गाँजासहित बिनोद सहनी र निजको साथि सोही स्थानका ४५ वर्षीया बुनि सहनिलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक कृष्णराज ढकालको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*