इन्द्रसरोवरमा १५९ जनालाई न्यानो कपडा वितरण

८७ जनाको स्वास्थ्य परिक्षण

हेटौंडा । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा न्यानो कपडा वितरण तथा स्वास्थ्य शिविर भएको छ । आइतबार भएको कार्यक्रममा इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ को १ सय ५९ जनालाई न्यानो कपडा वितरण गरिएको छ । यस्तै, ८७ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधि वितरण गरिएको सूचना अधिकारी दीपक चापागाईले जानकारी दिनुभयो ।

वडा नम्बर ५ मा १ सय ९५ जनालाई न्यानो कपडा वितरण गर्ने लक्ष्य रहेकोमा १ सय ५९ जनालाई न्यानो कपडा ब्लाङ्केट वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले “सबैको ध्यान ज्येष्ठ नागरिकको सम्मान” भन्ने नाराका साथ ६८ वर्ष माथिका ज्येष्ठ नागरिक र ६० वर्ष माथिका एकल महिला तथा “क” वर्गको रातो परिचय पत्र भएका अपांगता समूहलाई लक्षीत गरी न्यानो कपडा वितरण गरेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागीहरुलाई कपडासँगै खाजा खुवाईएको उहाँले जानकारी दिनुभयो ।

मेडिकल अधिकृत डा। रामेश्वर कुमार साह, अहेव लगायतको चन्द्रगढी स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीहरुको उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । कार्यक्रम इन्द्रसरोबर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाको सभाध्यक्षतामा भएको हो । सोही कार्यक्रम सोमबार वडा नम्बर ४ र मंगलबार वडा नम्बर ३, बुधबार वडा नम्बर २ र बिहीबार वडा नम्बर १ मा संचालन गर्ने योजना रहेको गाउँपलिकाले जनाएको छ । इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०७९र०८० को वार्षिक कार्यक्रमअनुसार न्यानो कपडा वितरण तथा स्वास्थ्य शिविर संचालन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*