ईन्द्रसरोबरमा पल्र्स विश्लेषण सम्बन्धी ३ दिने तालिम

हेटौंडा । ईन्द्रसरोबर गाउँपालिकामा सहकारी संस्थाहरुको क्षमता अभिवृद्धिका लागि पल्र्स विश्लेषण सम्बन्धी ३ दिने तालिम आइतबार समापन भएको छ ।
गाउँपालिका भित्र सक्रिय रहेका १३ वटा सहकारी संस्थाका १९ जना तालिममा सहभागी भएका थिए ।

तालिममा सहकारी व्यवस्थापन, सुरक्षित ऋण लगानी, तरलता लगायतको विषयमा जानकारी गराईएको छ । ३ दिने तालिममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कल्पना श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम समापन गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाको सभाध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*