मामाघर नेपाललाई एकलाख रुपैयाँ सहयोग

हेटौंडा । कोरियामा बस्ने नेपालीले हेटौंडास्थित मामाघर नेपाललाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । कोरियामा आयोजित फुटसल प्रतियोगितामा संकलित रकमबाट सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाल सहयोग गरेको हो ।

कोरियामा रहनु भएका हेटौंडाका इश्वर कठायत, प्रशान्त बानियाँ, ईश्वर न्यौपानेको समन्वयमा सहयोग रकम प्राप्त भएको मामाघर नेपालले जनाएको छ । मामाघर नेपालको स्थापनाकालदेखि नै विभिन्न रुपमा कोरियामा रहेका नेपालीले सहयोग गर्दै आएको पनि मामाघर नेपालका अध्यक्ष एवम् परिकल्पनाकार अर्पण पराजुलीले जानकारी दिनुभएको छ । मामाघर नेपालमा दैनिक सहयोग प्राप्त हुने गरेको छ ।

कोरियामै कार्यररत रही हाल विदामा हेटौंडा आइपुग्नुभएका ईश्वर न्यौपानेको नेतृत्वमा एक समूहले शुक्रबार साँझ हेटौंडा–११ स्थित मामाघर नेपालमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । कोरियामा रहनुभएका नेपालीले सहयोग गरेको यो तेस्रो पटक हो । मामाघर नेपालमा हाल २३ जना बालकहरु आश्रित छन् । उनीहरु कक्षा १ देखि १२ कक्षासम्म अध्ययनरत छन् । दैनिकजसो प्राप्त हुने दान, चन्दा र सहयोगबाट मामाघर सञ्चालन भइरहेको अध्यक्ष पराजुलीको भनाइ छ ।

मामाघर नेपालले हालसम्म २ सय ३ जनाको उद्दार गरिसकेको छ । उद्दार गरिएकामध्ये १ सय ४२ जनालाई परिवारमा पुनस्र्थापना गरिसकिएको जानकारी दिनुहुँदै अध्यक्ष अर्पण पराजुलीले भन्नुभयो, ‘उद्दार गरिएका सडकबालकहरु कतिपय लागुपदार्थ दुव्र्यसनमा परेका हुन्छन् । उनीहरुलाई लागुपदार्थ दूव्र्यसन पुनस्र्थापना केन्द्रमा पठाउने गरिएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*