मधेश प्रदेशमा पनि सभामुख पदको मतदान स्थगित

काठमाडौं । मधेश प्रदेश सभाको सोमबार बस्ने बैठक र सभामुख पदको चयनका लागि मतदान कार्य समेत स्थगित भएको छ ।

सरकारले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरेकाले बैठक र सभामुख पदको मतदान कार्य स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको छ ।

सोमबारको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका रहेको थियो । अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*